गृहपृष्ठ कोरोना भाइरसको प्रकोप : शनिबार मात्रै १४३ जनाको मृत्यु
कोरोना भाइरसको प्रकोप : शनिबार मात्रै १४३ जनाको मृत्यु
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४३ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा हालसम्म ६८ हजार ५ सय नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार कोरोना भाइरसबाट चीन बाहिर फ्रान्समा पनि एक जनाको ज्यान गएको छ ।
यद्दपी उनी चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसबाट शनिबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट ५ सय बढी मानिसहरु संक्रमित भएका छन् ।
प्रकाशित समय ०८:३३ बजे

















