गृहपृष्ठ चितुवाको छालासहित पक्राउ
चितुवाको छालासहित पक्राउ
फक्ताङ्लुङ गाउँपालिका- ५, वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घरमा खानतलासी गर्दा लुकाईछिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १७:४४ बजे

















