गृहपृष्ठ छुरा प्रहारबाट छोराको हत्या, बुवा पक्राउ

छुरा प्रहारबाट छोराको हत्या, बुवा पक्राउ

कञ्चनपुरमा एक जनाले आफ्नै छोरालाई छुरा प्रहार गरि हत्या गरेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका २ उल्टाखाममा एक बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् ।उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाईते बनाएको बताए । उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए ।

छोरामाथि छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको बताउँदै उनले घटना स्थलबाट छुरासमेत बरामद गरिएको बताए । बालकको शव महाकाली अस्पतालमा राखिएको छ ।

घटनाले चन्द परिवारसहित गाउँ नै शोकमा डुबेको छ । आफ्नै बाबुले छोराको हत्या गरेपछि सामाजिक अपराधले सीमा नाघेको भन्दै स्थानीय चिन्तित भएका छन् ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु