गृहपृष्ठ ६१ शैय्याको आइसोलेसन तयार

६१ शैय्याको आइसोलेसन तयार

कोभिड-१९ अर्थात कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेका बेला सतर्कतास्वरुप सुदूरपश्चिममा ६१ बेडको आइसोलेसन कक्ष तयार भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी रंगशालामा आइसोलेसन तयार गरेको हो ।

सुरुआती चरणअन्तर्गत रंगशालाको कभर्ड हलमा ४० र नेपाली सेनाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा २१ बेड राखिएका छन् । बजारमा बेड अभावका कारण विभिन्न क्षेत्रबाट खरिद गरी ल्याउने काम भइरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । यस्तै प्रदेश सरकारले अन्य ठाउँमा पनि आइसोलेसन तथा क्वारेन्टाइन निर्माण गरिरहेको मन्त्री सुवेदीले जानकारी दिए ।

मन्त्री सुवेदीका अनुसार प्रदेश सरकारले प्राविधिक शिक्षालयको छात्रवास, गेटा आँखा अस्पताल, निर्माणाधीन गेटा मेडिकल कलेजको भवन लगायतका स्थानका आइसोलेसन तथा क्वारेन्टाइन निर्माणको काम गरिरहेको छ ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु