गृहपृष्ठ हुम्लामा हवाई मार्गबाट खाद्यान्न ढुवानी

हुम्लामा हवाई मार्गबाट खाद्यान्न ढुवानी

मोटरबाटोले नछोएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा हवाई मार्गबाट खाद्यान्न ढुवानी गरिएको छ । बुधबारदेखि सीता एयर र तारा एयरले खाद्यान्न बोकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भीम थापाले जानकारी दिए ।

‘अहिलेसम्म ७२ क्विन्टल खाद्यान्न सुर्खेतबाट गईसकेको छ । उनले भने, ‘दिनमा एक–एक उडान नेपालगञ्जबाट समेत हुने गरेको छ ।’ नेपालगञ्जबाट ५० क्विन्टल खाद्यान्न हुम्ला ढुवानी भएको उनले भने । मोटरबाटोले नछोएको एउटा मात्रै जिल्ला हुम्लामा खाद्यान्नको संकट नहोस् भनेर हवाई मार्गबाट ढुवानी गरिएको उनले जानकारी दिए ।

उनका अनुसार करिब हुम्ला जिल्लाका लागि २५ सय क्विन्टल खाद्यान्न ढुवानी गर्ने तयारी भएको छ । ‘अहिले चामल मात्रै ढुवानी गरिएको छ,’ उनले थपे, ‘नुनसमेत ढुवानी गर्ने तयारी गरेका छौं ।’ विकट क्षेत्रका नागरिकलाई संकटमा खाद्यान्न अभाव हुन नदिने नेपाल सरकारको नीति र निर्णयअनुसार खाद्यान्न ढुवानी बुधबारदेखि सुरु गरिएको थापाले बताए । भोलिसम्म खाद्यान्न ढुवानी सकिने उनले जानकारी दिए ।

हुम्लाका प्रतिनिधि सभा सांसद छक्कबहादुर लामाले हुम्लामा खाद्यान्न संकट नहोस् भन्नका लागि जोहो गरिएको बताए । ‘अहिले नै खाद्य संकट त भएको छैन,’ उनले भने, ‘तर लामो समयसम्म लकडाउन भयो भने समस्या नहोस् भनेर खाद्य संस्थानले खाद्य ढुवानी गरेको छ ।’ उनले नेपाल सरकारले सम्भावित खाद्य संकटलाई टार्नको गरेको ढुवानीले नागरिक उत्साहित भएको बताए ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु