गृहपृष्ठ दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु
दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु
सांकेतिक तस्बिर
दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ मा चट्याङ लागेर स्थानीय भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीका अनुसार चट्याङ लागेर अन्य चार जना घाईते भएका छन् ।
घाईते सबैको गोकुले अस्पतालमा उपचार भईरहेको उनले बताए । चट्याङले घर पूर्ण रुपमा क्षति भएको छ भने गाई र गोरु मरेको छ ।
प्रकाशित समय ११:३२ बजे

















