गृहपृष्ठ अनेरास्ववियू कैलालीद्वारा समस्यामा परेका विद्यार्थीलाई राहत

अनेरास्ववियू कैलालीद्वारा समस्यामा परेका विद्यार्थीलाई राहत

धनगढीमा डेरा गरी बसेका विद्यार्थीहरुलाई अनेरास्ववियू कैलालीले खाद्यान्न सहयोग गरेको छ । कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका विद्यार्थीहरुलाई अनेरास्ववियूले खाद्यान्न सहयोग गरेको हो ।

अनेरास्ववियू केन्द्रिय सदस्य मनोज राइका अनुसार मंगलबार ३१३ जना विद्यार्थीलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । ‘समस्या हेरेर ५ किलो देखि १५ किलोसम्म चामल वितरण गरिरहेका छौं ।’ उनले एक किलो दाल, एक पोका तेल, एक किलो नुन पनि वितरण गरेको बताए ।

दैनिक छाक टार्न समस्या भएका विद्यार्थीको सूची स्थानीय प्रशासन र स्थानीय सरकारलाई उपलब्ध गराए पनि सुनुवाइ नभएकोले खाद्यान्न वितरण गरिएको उनले बताए । उनले समस्यामा परेका विद्यार्थीहरुलाई पनि सम्पर्कमा आउन आग्रह गरे ।

स्थानीय सरकारले सहयोग नगरेपछि अनेरास्ववियू कैलालीले अन्य व्यक्तिहरुको सहयोगबाट सामाजिक दूरी कायम गर्दै समस्या भएका विद्यार्थीको कोठा-कोठामा नै खाद्यान्न पुर्‍याएको अनेरास्ववियू कैलालीका सह-संयोजक समिर जोशीले बताए ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु