गृहपृष्ठ सनसिटी अपार्टमेन्टमा २ सय ४३ जनाको कोरोना परीक्षण सुरु
सनसिटी अपार्टमेन्टमा २ सय ४३ जनाको कोरोना परीक्षण सुरु
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) प्रविधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।
बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बताए । गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएको खुलेपछि अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
प्रकाशित समय १२:५० बजे

















