गृहपृष्ठ लकडाउनमा अलपत्र परेका विद्यार्थीलाई बाजुरा पठाइयो
लकडाउनमा अलपत्र परेका विद्यार्थीलाई बाजुरा पठाइयो
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा लकडाउनको बेलामा अलपत्र परेका विद्यार्थीलाई बाजुरा पठाइएको छ । बाजुराबाट अध्ययनका लागि धनगढीमा भाडामा बस्ने विद्यार्थीलाई लकडाउनको बेलामा खान बस्नको समस्या भएपछि उनीहरुलाई आफ्नो घर सुरक्षितका साथ पठाइएको नेवि सघं बाजुरा कैलाली सम्पर्क समितिका अध्यक्ष अशोक थापाले बताए ।
२ वटा गाडी रिजर्भ गरेर बाजुराका १२५ जना विद्यार्थीलाई गृह जिल्लामा केही दिन क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए । नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई निशुल्क गृहजिल्ला पुर्याइएको मदन जोशीले जानकारी दिए । उनका अनुसार कैलालीमा अलपत्र परेका बाजुराका विद्यार्थीलाई नेपाली कांग्रेस आस्थावान कार्यकर्ताको सहयोगमा सुरक्षित घर पुर्याएको हो ।
प्रकाशित समय ०६:४५ बजे

















