गृहपृष्ठ कोरोना संक्रमित १० लाख जना ‘डिस्चार्ज’
कोरोना संक्रमित १० लाख जना ‘डिस्चार्ज’
संक्रमितको संख्या ३२ लाख नाघ्यो, २० लाखको उपचार हुँदै
सांकेतिक तस्बिर
कोभिड १९ का कारण संक्रमित भएका करिब १० लाख मान्छेको सफल उपचार भएको छ । बिहिबार बिहानसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या ९ लाख ९९ हजार ७३६ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दुई लाख २८ हजारभन्दा बढी व्यक्तिको ज्यान गुमाइसकेका छन् । एकै दिनमा मात्रै ६ हजार ५३८ जनाको ज्यान गएको स्वास्थ्य संगठनले जनाएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म ३२ लाखभन्दा बढी व्यक्तिमा कोरोना देखिएको छ । गएको २४ घण्टामा मात्रै ८१ हजार ३२१ जनामा कोरोना देखिएको हो । अहिले ३२ लाख १७ हजार ८२७ जनाका कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ ।
त्यस्तै अहिलेसम्म करिब २० लाख व्यक्तिमा अझैको उपचार भइरहेको छ भने ६० हजार व्यक्तिको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
महामारीको रुपमा फैलिएको भाइरसका कारण भयाबह स्थिति भएको बेलामा १० लाख मान्छेको सफल उपचार हुनुले भाइरस संक्रमितबाट पनि ज्यान जोगिने सन्देश गएको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।
प्रकाशित समय ०७:०९ बजे

















