गृहपृष्ठ रूकुम पश्चिम युवा हत्या प्रकरण : थप १ जनाको शव फेला

रूकुम पश्चिम युवा हत्या प्रकरण : थप १ जनाको शव फेला

प्रेमिका लिन जाँदा ज्यान गुमाएका नवराज विक (बायाँ) ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदीमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । गत शनिबार पश्चिम रुकुमको चौरजहारी- ८, सोतीमा भएको घटनामा बेपत्ता भएका लोकेन्द्र सुनारको शव आज फेला परेको हो ।

भेरी नगरपालिका- ११, कुदुका सुनारको शव घटनास्थलदेखि करिब १० किलोमिटर तल भेरी नदीको खोंचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए । सुनारको शव स्थानीयले फेला पारेका हुन् । योसँगै मृतकको संख्या चार पुगेको छ । दुईजना अझै बेपत्ता छन् । ।

भेरी नगरपालिका- ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका- ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले ढुंगामुढा प्रहार गर्दै लखेटेको र केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ । मृतक नवराज १८ जना साथीसहित मल्ल थरकी प्रेमिका लिन सोती पुगेका थिए । तर उनीहरू पुगेलगत्तै उनकी प्रेमिकाकी आमाले तथानाम गाली गरेको र स्थानीयहरूले आक्रमण गरेको बताइएकाे छ ।

पीडित पक्षले वडाध्यक्षसहित २० जनाविरूद्ध किटानी जाहेरी दिइसकेका छन् । यसमध्ये केटीकी आमा, बुवासहित १२  जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।

रूकुम पश्चिम युवा हत्या प्रकरण : वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु