गृहपृष्ठ हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव
हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव
संघीय सरकार मातहतको जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी अभावका कारण दैनिक कामकाजमा समस्या भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा करारका कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।
कार्यालयमा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी, अधिकृतस्तरको सहायक प्रमुख जिल्ला अधिकारी, तीन जना सुब्बा, चार जना खरिदार, एक जना लेखापाल, एक जना कम्प्युटर अपरेटर, एक जना सहायक कम्प्युटर अपरेटरको दरबन्दी रहेको छ । हाल यो दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयको नियमित कामकाज प्रभावित बनेको छ ।
हाल कार्यालयमा एक जना प्रमुख जिल्ला अधिकारी, एक जना सहायक प्रमुख जिल्ला अधिकारी, एक जना सुब्बा, एक जना कम्प्युटर अपरेटर र सात जना कार्यालय सहयोगीको भरमा काम चलाउनु परेको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । सीमित कर्मचारी र कार्यालय सहयोगीले तीन चार फाँट हेर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी हमाले बताएका छन् ।
प्रकाशित समय ११:४६ बजे

















