गृहपृष्ठ आखिर कहाँ जन्मेका रहेछन् राम ?

आखिर कहाँ जन्मेका रहेछन् राम ?

जानकी जन्मेको जनकपुर आयो रेल गाडी
कहिले पुग्ला राम जन्मभूमि ठोरी हुँदै माडी ?

रेल चढी खोज्न चितवनमा खोज्न जाम,
आखिर कहाँ जन्मेका रहेछन् राम ?

रामको नामले चली हाल्छ काम धन्दा
सरकार अयोध्यामा राज गरोस्,
आसे पासे बसुन् किष्किन्धा !

राममय बनाउ कमरेड नेपालको धर्ती, जलवायु
पानी जहाजको नाम राखौँ सरयू
नेबानीलाई भनौँ पुष्पक या जटायु

भोका जनतालाई अब पठाई दिऔँ वनवास !
शबरी झैँ बयर खालान्, राम नामले तार्ने गर्दै आस !

त्यागौँ अब भौतिक जगतका सांसारिक काम
कोरोना कालमा सबै नेपाली जपौँ राम नाम !
बाँचे पावन राम जन्मभूमि, मरे पुगौँला परमधाम !!

विष्णुप्रसाद जोशी, छान्ना, बझाङ्ग
हाल: विद्यावारिधि (रसायन शास्त्र),

यूनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु