गृहपृष्ठ पशु बलि रोक्न जिल्ला प्रशासन कार्यालयको आग्रह
पशु बलि रोक्न जिल्ला प्रशासन कार्यालयको आग्रह
यस वर्ष दसैंमा पशुपक्षी बलि रोक्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ । विश्वरभर फैलिएको कोरोनाभाइरस (कोभिड- १९)को महामारीका कारण भिडभाड नगर्न र बलि नचढाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
राजनैतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार बसेको बैठकबाट भएको सो निर्णयबारे जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनासमेत जारी गरेको छ । ‘यस वर्षको वडा दसैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठमन्दिरमा बलि नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमायाचना पूजा गर्ने निर्णय भएकाल सोअनुसार गर्न/गराउन आग्रह गर्दछु,’ सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
जनकपुरको राजदेवी मन्दिरमा मात्रै हरेक वर्ष १५ देखि १७ हजारसम्म बोकाको बलि दिने गरिएको छ । धनुषाका अन्य मठमन्दिरमा समेत हजारौंको संख्यामा पशुपक्षी बलि दिने प्रचलन छ ।

प्रकाशित समय १६:१४ बजे

















