गृहपृष्ठ बर्दिबासमा आन्दोलन व्यवस्थापन गर्न १३ सदस्यीय समिति गठन

बर्दिबासमा आन्दोलन व्यवस्थापन गर्न १३ सदस्यीय समिति गठन

मंगलबार बर्दिबासमा गरिएको प्रदर्शन ।

महोत्तरीको बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेको राजनीतिकर्मी, व्यापारी र स्थानीयहरुको सर्वपक्षीय छलफलबाट १३ सदस्यीय आन्दोलन व्यवस्थापन समिति गठन गरेको छ । समितिले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा सजाय हुनुपर्ने लगायतको माग राखेको छ ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा गतराति काठमाडाैंमा मृत्यु भएपछि स्थानीयवासीले आन्दोलन थप चर्काउन सुरू गरेका थिए । त्यसपछि बुधबार बिहानैदेखि स्थानीय प्रशासनले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु