गृहपृष्ठ पचासी लिटर अवैध घरेलु मदिरा बरामद

पचासी लिटर अवैध घरेलु मदिरा बरामद

madira.newskarobar

विराटनगर र कटहरीबाट प्रहरीले बुधबार ८५ लिटर अवैध मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाट खोला र सिआरभि कटहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक र कटहरी गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा जाँच गर्दा अवैध रुपमा बिक्री गर्न राखिएको ८५ लिटर घरेलु मदिरा र चार कार्टुन सोफी बरामद गरेको हो ।

प्रहरीले अवैध घरेलु मदिरा ओसारपसारमा संलग्न एक थान साइकलसमेत बरामद गरेको छ । बरामद भएका सबै सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निसान थापाले जानकारी दिए ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु