गृहपृष्ठ बलम्बु प्रहरीको फिल्टर अपरेसन, विचौलियाको भागाभाग
बलम्बु प्रहरीको फिल्टर अपरेसन, विचौलियाको भागाभाग

महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय विचौलियाविरुद्ध फिल्टर अपरेसन थालेको छ । सार्वजनिक यातायात क्षेत्रमा महिलाविरुद्ध हुने यौनजन्य हिंसा अन्त्य गर्न ‘सेफ्टी पिन’ अपरेसन चलाएर वाहवाही पाएकी प्रभाग प्रमुख शर्मिला गुरुङको कमाण्डमा अपरेशन सुरु भएपछि विचौलियाहरुको भागाभाग भएको हो ।
कमाण्डको टोलीले सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रकम माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि आठ जना विचौलियालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रमक माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि अपरेश चलाएका हौं,’ प्रहरी निरिक्षक गुरुङले भनिन् ।
फिल्टर अपरेशनमा झापाको कनकाई नगरपालिकाका कृष्णप्रसाद थपलिया, कलंकीका किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कञ्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ पक्राउ परेका छन् । उनीहरुलाई थप कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, थानकोट पठाइएको छ । प्ररही निरिक्षक शर्मिला, चन्द्रागिरि नगरपालीकाको बलम्बु क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्ररही संगठनबाट पुरस्कृत समेत भईसकेकी छिन् ।
प्रकाशित समय १९:४६ बजे