गृहपृष्ठ फोरमनिकट मधेसी स्वास्थ्यकर्मीले बनाए संगठन

फोरमनिकट मधेसी स्वास्थ्यकर्मीले बनाए संगठन

मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकले हरिशंकरप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विराटनगरमा सम्पन्न दुई दिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

संघीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिले आइतबार पत्रकार सम्मेलन गरी कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेको छ । साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उपाध्यक्षमा सुरेशकुमार पण्डित, मन्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह रहेका छन् ।

यसैगरी, मुख्यसचिव, सचिवद्वय र कोषाध्यक्षमा क्रमशः शिवनारायण यादव, अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र रामअवतार यादव रहेका छन् । फोरमको सदस्यमा हरिनारायण यादव, रविन्द्रकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ ।

सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनमा स्वास्थ्यकर्मीलाई तह घटुवा गरेको आरोप लगाउँदै अबिलम्ब नसच्याइए आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनमा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्न तथा समायोजन भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्न माग गरे । मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेश १ का १४ जिल्लामा गरी चार सय सदस्य छन् ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु