गृहपृष्ठ लागू औषधको कारोबार रोक्न माग गर्दै जोगबनीमा प्रदर्शन

लागू औषधको कारोबार रोक्न माग गर्दै जोगबनीमा प्रदर्शन

jogbani-newskarobar मंगलबार जाेगबनीमा भएकाे प्रदर्शन । तस्बिर : न्युज काराेबार

 

सिमाक्षेत्रमा लागूऔषधको अवैध कारोबार रोक्न माग गर्दै मंगलबार भारतीय बजार जोगबनीमा प्रदर्शन भएको छ । नशामुक्ती आन्दोलन समितिको अगुवाईमा प्रदर्शन भएको हो ।

समिति आबद्ध नेपाल तथा भारततर्फका अभियन्ताहरुले विराटनगरको सिमावर्ती बजार जोगबनीको नो मेन्स ल्याण्डमा धर्ना दिँदै प्रर्दशन गरेका हुन् । धर्ना दिने क्रममा उनीहरुले लागू औषधको कारोबार रोक्न माग गर्दै स्थानिय प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

धर्ना प्रर्दशनमा सहभागी नशामुक्ती आन्दोलनका अभियन्ता एवम जोगबनी नगर पञ्चायत, चेयरमैनका प्रतिनिधि राजु रायले जोगबनी बजारमा मौलाएको लागू औषधको कारोबारले नेपाल र भारत दुवैतर्फका युवाहरु कुलतमा फस्दै गएको बताए ।

उनले जोगबनी नगर पञ्चायतको वडानम्बर–९ इन्दिरा नगरमा खुलेआम लागू औषधको कारोबार हुने गरे पनि प्रशासनले नदेखेझैँ गरेको जानकारी दिए । भ्रष्ट प्रहरीकै संरक्षणमा लागू औषधको कारोबार फस्टाएको उनको दावी छ ।

नशामुक्ती आन्दोलनका नेपालतर्फका प्रतिनिधि मोहम्मद मुस्लिम मियाँले सो क्षेत्रमा हुने लागू औषधको कारोबारबाट नेपाली युवाहरु प्रत्यक्ष प्रभावित भइरहेको बताए ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु