गृहपृष्ठ प्रदेश १ को स्थायी राजधानी विराटनगर !
प्रदेश १ को स्थायी राजधानी विराटनगर !
प्रदेश १ को नाम र राजधानीबारे निर्णय लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक मंगलबार पनि बसिरहेको छ । सोमबार सामान्य छलफल गरेको नेकपाले मंगलबार प्रदेशको राजधानीबारे निर्णय नै गर्न लागेको छलफलमा सहभागी सांसद कुलप्रसाद सान्दाले बताए । ‘नामको विषय आज निर्णय नहुन पनि सक्छ,’ उनले न्युज कारोबारसँग भने, ‘तर राजधानीबारे भने आजै टुंगो लाग्ने सम्भावना छ ।’
स्रोतका अनुसार प्रदेश १ को स्थायी राजधानी विराटनगर नै हुने सम्भावना छ । ‘बैठकमा अधिकांश साथीहरुले विराटनगरलाई नै प्रदेशको स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिनुभएको छ,’ नेकपा स्रोतले भन्यो, ‘यसो गरियो भने भौतिक पूर्वाधार र संरचनामा हुने खर्च बच्छ, धेरै जनताले यो स्वीकार्छन पनि ।’
नामको विषयमा भने नेताहरुबीच मतभेद रहेकाले निर्णय लिन केही दिन लाग्ने बताइएको छ । किराँत, सगरमाथा, कोसीलगायतका नामबारे प्रदेश १ मा चर्चा भइरहेको छ ।
प्रकाशित समय १२:२९ बजे

















