गृहपृष्ठ उदयपुरस्थित बेलका नगरपालिकाका ज्ञानेन्द्र सप्तकोशीमा बेपत्ता

उदयपुरस्थित बेलका नगरपालिकाका ज्ञानेन्द्र सप्तकोशीमा बेपत्ता

Udayapur_district_location

उदयपुरस्थित बेलका नगरपालिका–४ का ५२ वर्षीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीमा वेपत्ता भएका छन् ।

नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्बोधन गरिएको सुसाइड नोट लेखेर आचार्य सप्तकोशी नदिमा बेपत्ता भएका वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

शनिबार रातिदेखि वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका–८ स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।

सप्तकोशी किनारमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याप, डुँडखोला, इलाका प्रहरी कार्यालय, रामपुर तथा स्थानीयले खोजी कार्य तीव्र पारेका छन् ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु