गृहपृष्ठ किशोरीलार्इ ललार्इ फकार्इ भारत लैजाँदै गर्दा एक जना पक्राउ

किशोरीलार्इ ललार्इ फकार्इ भारत लैजाँदै गर्दा एक जना पक्राउ

pakrau-arrest-newskarobar

विराटनगरको सिमावर्ती जोगवनी नाकाबाट युवति भारत लैजाँदै गर्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१५ जोगवनी ढाटबाट बिहिबार साँझ सवा ७ बजेको समयमा एक किशोरीलाई भारत लैजाँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्दीबास नगरपालिका-६ का १९ वर्षीया ओमप्रसाद सुवेदीलाई ताप्लेजुङकी १९ बर्षीय किशोरीलाई ललाई फकाई भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

उद्धार गरिएकी किशोरीलाई सानो हात नेपाल नामक सँस्थाको संरक्षणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु