गृहपृष्ठ विद्युत चाेर्ने बीसजना पक्राउ 

विद्युत चाेर्ने बीसजना पक्राउ 

hatkadi_newskarobar सांकेतिक फाेटाे

सप्तरी- पाेलमा अंकुश लगार्इ विद्युत चाेरी गर्ने बीसजना पक्राउ परेका छन् ।  नेपाल विद्युत् प्राधिकरणकाे राजविराज वितरण केन्द्रले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय राजविराज र राजविराजस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरेकाे प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

उनका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटपलगायतका सामान बरामद गरिएको छ । यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले जानकारी दिए ।

-रासस

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु