गृहपृष्ठ गुड्दै गरेको अटोरिक्सामा आगलागी
गुड्दै गरेको अटोरिक्सामा आगलागी
सांकेतिक तस्बिर
महोत्तरीको गौशाला नगरपालिकामा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी भएको छ । उक्त आगलागीका कारण चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँस्थित हनुमानचोक नजिकै पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सामा गडिरहेको अवस्थामा अचानक आगलागी भएको थियो ।
मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आगलागी भएको र सो आगलागीबाट अटोरिक्सा पूर्ण रुपले जलेर चार लाख ४५ हजार बराबरको क्षति भएको उपरीक्षक कडायतले बताए । आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिएका थिए । हेर्दाहेर्दै एकछिनमै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
प्रकाशित समय १०:२३ बजे

















