गृहपृष्ठ प्रदेश ७ सरकारले २६ अर्बको बजेट ल्याउँदै

प्रदेश ७ सरकारले २६ अर्बको बजेट ल्याउँदै

उद्योगलाई कर छुटदेखि करको दायरा बढाउनेसम्मका योजना

प्रदेश ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले सरकारले २६ अर्बसम्मको बजेट ल्याउन लागेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा मन्त्री बोहोराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्बबराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तीय क्षेत्रबाट उठाउने गरी बजेट निर्माण गरिरहेको जानकारी दिए ।
‘सरकारले पूर्वाधार, जलविद्युत, उद्योग, कृषिलगायतलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको छ,’ उलने भने, ‘लगानी आकर्षित गर्न कर छुट दिन लागिएको हो ।’ मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए । उनले विकास र समृद्धिको आधार वर्षको रुपमा यो बजेट ल्याउन लागेको बताए । संघीयता कार्यान्वयनको चरणमा बजेट आउन लागेको भन्दै उनले विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यान्वयन हुने उनले बताए । कार्यक्रममा प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले राजनीतिक भन्दा आर्थिकक्रान्ति अभियानमा अगाडि बढ्नुपर्ने धारणा राखे । यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु