गृहपृष्ठ जनकपुरमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते
जनकपुरमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते
धनुषाको जनकपुरमा टिपरको ठक्करबाट एक जना घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको पुरानो बसपार्क नजिकै साइकलमा सवार ३५ वर्षीय बिनोद सदा टिपरको ठक्करबाट घाइते भएका हुन् ।
ना १ क ४५०७ नम्बरको टिपरले ठक्कर दिएको हो । दाहिने खुट्टामा गहिरो चोट लागेको उनको जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि बाहिर रिफर गरिएको छ । प्रहरीले ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरेको छ ।
टिपरको ठक्करबाट दुई सातामा दुईजनको मृत्यु भएको छ । धनुषाका ट्राफिक प्रहरी निरीक्षक दिपक साहले तीव्र गतिमा टिपर चलाउने चालकलाई सचेत गराएर कारबाही गरेपनि दुर्घटना न्यूनीकरण हुन नसकेको बताए ।
ट्राफिक प्रहरिले जनकपुर ढल्केवर सडकमा टिपरको लागि टाइम कार्ड लागू गरेपनि कार्यान्वयन हुन सकेको छैन ।
प्रकाशित समय १०:११ बजे

















