गृहपृष्ठ हाम्रा राष्ट्रपतिले के सिक्ने उरुग्वेका राष्ट्रपतिबाट

हाम्रा राष्ट्रपतिले के सिक्ने उरुग्वेका राष्ट्रपतिबाट

कृषि फार्ममा बस्ने उरुग्वेका पूर्वराष्ट्रपति विश्वकै गरीब

बहालवाला राष्ट्रपतिको त कुरै छाडौँ नेपालमा पूर्वराष्ट्रिपतिलाई दिइएको सुविधा पनि विलासी भएको भन्दै चर्काे आलोचना हुने गरेको छ । सरकारी ओहोदामा बसेर बाहिर आउँदा समेत आफ्नो रवाफ देखाउन नेपालका पूर्वअतिविशिष्ट देखि विशिष्टहरु सुविधाभोगी हुने गरेको पाइन्छ । स्वयं आफ्नो नाममा अथाहा सम्पत्ति भएपनि राज्यको सुविधा लिने प्रवित्ति नेपालमा संस्कार जस्तै बनिसकेको छ ।

तर उरुग्वेका पूर्वराष्ट्रपति ८३ वर्षीय जोसे मुजिका विश्वकै सवैभन्दा गरीब मात्रै छैनन् । पदबाट हटेपछि पुर्व अतिविशिष्टको नाममा उनले न सरकारी सुविधा लिए न अकुत सम्पत्ति बटुलेर सविधायुक्त घर नै बनाए । हुन त उनी राष्ट्रपतिमा बहाल रहँदा पनि कहिल्यै सरकारी निवासमा बसेनन् । अहिले पनि ती पुर्वराष्ट्रपति कृषि फार्ममा बस्दै आएका छन् । सोही फार्म हाउसमा बसेर उब्जाएका कृषिउपजले उनको गुजारा चल्दै आएको छ ।

राष्ट्रपति पद छाडिसकेपछि सन् २०१५ यता मुजिका उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पूरा हुनु अघि नै उनले हालै सांसद पदबाट समेत राजीनामा दिएका छन् । लामो यात्राका कारण आफु थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएर विश्राम लिएको बताएका छन् ।

तर सक्रिय राजनीतिबाट विश्राम लिएपनि उनले आफ्नो राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने अन्तिम श्वास रहँदासम्म कहिल्यै नहार्ने बताएका छनु ।
मुजिकाले राष्ट्रपतिकालमा पाएको आफ्नो अधिकांश पारिश्रमिक दान गरेका थिए । राज्य विद्रोहको आरोपमा मुजिका सन् १९७० मा गिरफ्तारीमा परेका थिए । ९० को दशकमा उरुग्वेमा लोकतन्त्र स्थापनासँगै उनी रिहा भएका थिए ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु