गृहपृष्ठ अदालतमा वकपत्र दिने तयारीमा रहेका ठाकुरकाे हत्या
अदालतमा वकपत्र दिने तयारीमा रहेका ठाकुरकाे हत्या
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनार्इ
धनुषाको विदेह नगरपालिका–५ मुरिवा बस्ने एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । मुरिवा बस्ने ६५ वर्षीय माने ठाकुरको छुरा प्रहार गरी हत्या भएको अवस्थामा पोखरीमा शव फेला परेको हो ।
स्थानीय विद्यालय नजिकै रहेको पोखरीमा ठाकुरको आँखामा छुरा घोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । गाउँकै एक महिलाको हत्या घटनामा ठाकुर बिहीबार जिल्ला अदालत धनुषामा वकपत्र दिन जाने तयारीमा थिए । तर बीचमै हत्या गरिएको स्थानिय अरबिन्द यादवले बताए ।
अदालत जानु १ दिनअघि नै गाउँमै ठाकुरको हत्या भएको छ । मृतकका आफन्तका अनुसार स्थानीय बहादुर मण्डलले ४ दिनअघि ठाकुरलाई अदालतमा वकपत्र दिन नजान धम्की दिएका थिए । ठाकुरको शव जनकपुर अञ्चल अस्पतालमा पोस्ट्मार्ट्मका लागि ल्याइएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
प्रकाशित समय १८:२८ बजे

















