गृहपृष्ठ बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । वि.सं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई वि.सं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु