गृहपृष्ठ दुप्चेश्वर दुर्घटना : १६ जनाको मृत्यु
दुप्चेश्वर दुर्घटना : १६ जनाको मृत्यु
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।
बा ३ ख ३९१३ नम्बरको मिनिट्रकमा घेवाबाट फर्किएका यात्रु सवार थिए । मिनीट्रक घ्याङफेदीको भीरबाट खसेको दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ ।
उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले जानकारी दिए । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिईन् ।
प्रकाशित समय १९:३१ बजे

















