गृहपृष्ठ दुई प्रधानमन्त्रीद्वारा धर्मशालाको सामूहिक उद्घाटन
दुई प्रधानमन्त्रीद्वारा धर्मशालाको सामूहिक उद्घाटन
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले पशुपतिनाथस्थित पशुपतिनाथको धर्मशाला संयुक्तरुपमा उद्घाटन गरेका छन् । ओली–मोदीले द्वीपक्षीय वार्ता सकिए लगत्तै पशुपतिनाथ पुगेर धर्मशालाको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका मोदीले धर्मशाला निर्माणको घोषणा गरेका थिए । सोही धर्मशालाको चौथो पटकको नेपाल भ्रमणको अवसरमा उनले उद्घाटन गरेका हुन् ।
उक्त धर्मशाला निर्माणमा २२ करोड भारतीय रुपैयाँ लगानी गरिएको छ । धर्मशालामा करिब पाँच रोपनी जग्गामा फैलिएको छ भने ३ सय ९७ जना बस्न मिल्ने गरी ८८ वटा कोठाहरुको निर्माण गरिएको छ ।
प्रकाशित समय १७:४८ बजे

















