गृहपृष्ठ नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

pahiro-newskarobar सांकेतिक तस्बिर ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा सोमबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य शुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै सवारीसाधन रोकिएका छन् ।

पहिरोले दुःख दिने गरेको यस सडकमा विगत एक महीनायता पहिरो खसेको थिएन ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु