गृहपृष्ठ माडीमा जंगली हात्तीको त्रास

माडीमा जंगली हात्तीको त्रास

पर्सा निकुञ्जबाट माडी क्षेत्रमा दिनहुँ जंगली हात्तीको वथान पुग्न थालेपछि स्थानीय त्रसित भएका छन् । १५ दिनदेखि निरन्तर हात्तीको वथान माडी पुग्ने गरेको नगर प्रमुख ठाकुर ढकालले जानकारी दिए ।

शनिबार राति पनि माडी नगरपालिका–७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार हवाइ फायर, राँको बाल्ने, शंख फुक्ने र होहल्ला गरेर हात्ती लखेट्ने काम भइरहेको छ ।

हरेक वर्ष धान पसाउने समयमा जंगली हात्ती छिरेर बाली नष्ट पार्ने गर्छ । धानसँगै घरमा भण्डारण गरिएका खाद्यान्न खाइदिने, घर भत्काउन र मानिसलाई आक्रमण गर्छ ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु