गृहपृष्ठ रसुवामा टिपर दुर्घटना : दुईको मृत्यु
रसुवामा टिपर दुर्घटना : दुईको मृत्यु
रसुवास्थित कालिका गाउँपालिका–४ आम्बासमा सोमबार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा. ४ ख ८३६६ नम्बरको टिपर दुर्घटना हुँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए ।
घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर सडकदेखि २०० मिटर तल खसेको बताइएको छ । रासस ।
प्रकाशित समय १८:२७ बजे

















