गृहपृष्ठ प्रधानमन्त्रीको सचिवालय भन्छ- हाम्रो गल्तीले उहाँलाई पीडा भयो

प्रधानमन्त्रीको सचिवालय भन्छ- हाम्रो गल्तीले उहाँलाई पीडा भयो

उच्च मनोबलका कारण मात्र स्वस्थ ः चिकित्सक

kp-oli-newskarobar फाइल तस्बिर

यसपालीको बडादसैंमा ६ दिनसम्म सर्वसाधारणलाई टीका लगाउँनु प्रधानमन्त्री ओलीको स्वास्थ समस्याको प्रमुख कारण भएको पुष्टि भएको छ । विजया दशमीको दिनदेखि पार्टीका नेता, कार्यकर्ता, सुभेक्षुक, कार्यकर्तालाई टीका लगाईदिन सुरु गरेका उनले कोजाग्रत पूर्णीका दिनसम्म निरन्तरता दिएका थिए ।

दसैंको अन्तिम दिनसम्म प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्न विशिष्ट व्यक्तिदेखि सर्वसाधारणको घुईचो लागेको थियो । विजया दशीको दिन करिब ५ सय जनालाई टीका लगाईदिएका उनले अरु दिन नेता कार्यकर्ता तथा विशिष्ट व्यक्तिलाई टीका लगाइदिएका थिए । सयांै जनालाई टीका लगाउदै सुख, शान्ति, समृद्धि र स्वास्थ लाभको कामना गरेका उनै प्रधानमन्त्री ओली टीका लगाउने कार्यक्रम सकिएलगत्तै थला परे ।

कोजाग्रत पूर्णीमाको दिन टीका सकिएयता ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । त्यही टीका कार्यक्रमबाट नै संक्रमणको जीवाणु सरेको उनका निजी चिकित्सक दिव्य सिंहको भनाई छ ।

सिंहले न्यूज कारोबारसँग भनिन्, ‘दसैंको समयमा उहाँलाई सामान्य रुघा थियो, फेरि धेरैलाई टीका लगाईदिएपछि स्वास प्रस्वासको माध्यमबाट अरुमा भएको जिवाणु उहाँमा संक्रमण भयो, अहिले उहाँलाई रुघाखोकी लागेर छातीमा संक्रमण भएको छ ।’

उच्च मनोबलका कारण मात्र स्वस्थ
१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई चिकित्सकले भीडभाडबाट जोगाउन नसक्दा उनको स्वास्थ बिग्रिएको प्रधानमन्त्रीको सचिवालयले स्वीकारेको छ ।

‘मृगौला प्रत्यारोपण गरेकाले नियमित औषधीसेवन गर्नुपर्ने हुन्छ, त्यस्तो व्यक्तिको शारीरिक क्षमता कमजोर र रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यो थाहा हुँदा हुँदै पनि हामीले नै दसैंभर टीका लगाउने कार्यतालिका बनायौं । त्यो नै गल्ती भयो,’ प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले न्युज कारोबारसँग भने ।

प्रधानमन्त्रीकै चाहनामा दसंैभर टीका लगाउने व्यवस्था गरेको बताएका उनले त्यसमा उनको स्वास्थ सावधानी अपनाउने काम आफूहरुले नगर्दा कमजोरी भएको स्वीकारे । मृगौला प्रतयारेपण गरेदेखि हालसम्म्को समय, उनको उमेर, तथा खटाईको हिसाबले प्रधानमन्त्री ओलीमा समस्या कम रहेको चिकित्सकहरु बताउँछन् ।

उनको उच्च मनोबलका कारण अहिलेसम्म स्वस्थ रहेको टिप्पणी चिकित्सकहरुको छ ।

 

के भन्छ उपचार टोली ?
डा. दिव्या सिंह, डा. अरुण सायमी र डा. उत्तमकृष्ण श्रेष्ठको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । प्रधानमन्त्रीलाई कम्तिमा तीन दिन अस्पतालमै राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने भएकाले सावधानीको लागि उच्च प्रविधि र चिकित्सको निगरानी आवश्यक रहेकोले अस्पतालमै राखिने भएको चिकित्सक सायमीले बताए ।

उनले न्यूज कारोबारसँग भने ‘मेडिकल भाषमा प्रधानमन्त्री ज्यूलाई ‘लोअर रेस्पिरेटरी ट्रयाक्ट इन्फेक्सन’ भएको हो, स्वास्थमा सुधार गराउन र सावधानी उपनाउन अस्पतालमै राखिनुपर्छ, अवस्था खतरामुक्त छ ।’

दुई तीन दिन भित्रमा अवस्था सामान्यमा फकर्न सक्ने उपचारमा संलग्न अर्काे चिकित्सक श्रेष्ठ बताउँछन् । ‘छातीमा संक्रमण बढ्नुका साथै सुगरको मात्रासमेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो, विस्तारै निको हुन्छ,’ मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक समेत रहेका डा. श्रेष्ठले न्यूज कारोबारसँग भने ।

रगतमा सुगरको मात्रा बढेपछि अहिले त्यसलाई नियन्त्रणमा लिन इन्सुलिन दिइएको अस्पतालले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीललाई एन्टिबायोटिक इन्जेक्सनबाट दिइएको छ ।

यसअघि शुक्रबार पनि ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो । त्यसबेला प्रधानमन्त्रीलाई अस्पतालमा नराखी घरमै आराम गर्न पठाइएको थियो । तर स्वास्थ्यमा सुधार हुनुको साटो थप समस्या देखिएपछि सोमबार विहानै सोही त्यही अस्पतालमा भर्ना गरिएको हो ।

प्र्रधानमन्त्री ओलीलाई अस्पताल जाने थोरैले मात्र भेट्न पाउँछन् । शिर्ष नेता तथा विशिष्ट व्यक्तिलाई मात्र भेट्ने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु