गृहपृष्ठ अाठ वर्षीय बालकको हत्या यसरी गरेका थिए महेन्द्र सार्कीले

अाठ वर्षीय बालकको हत्या यसरी गरेका थिए महेन्द्र सार्कीले

mahendra-sarki

गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान बढाइएको हो ।

जिल्ला अदालत काठमाडौंबाट शुक्रबार पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनले अपराध स्वीकारेका छन् । घटनामा संग्लग्न अरुको समेत खोजी भइरहेको छ ।’

गोंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको अवस्थामा बिहीबार फेला परेको थियो । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा मालिकको बालकको हत्या गरेको अभियुक्त महेन्द्रले स्वीकारेका छन् ।

सार्की कुँवरका सवारी चालक हुन्् । मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर महेन्द्रले प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका पौने ७ बजे नागार्जुनको जंगलमा लगेर घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको उनले बयान दिएको प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोंगबुको म्हैपी पुलमुनि बिहीबार बालकको शव फेला परेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रयासको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई अविलम्ब कानूनी दायरा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बालकको हत्या भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारवाही र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु