गृहपृष्ठ रकुममा जिप दुर्घटना, चार जनाको मृत्यु
रकुममा जिप दुर्घटना, चार जनाको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५, घारापानी नजिकै जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट धौरापैरातर्फ गईरहेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेका ५ जनालाई उद्धार गरिएको छ । दुर्घटनामा मृत्यु र घाईते भएकाको सनाखत भएको छैन । उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ
प्रकाशित समय १५:५० बजे