गृहपृष्ठ अर्घाखाँचीमा भेटिएको बेवारीसे शवको पहिचान हुन सकेन

अर्घाखाँचीमा भेटिएको बेवारीसे शवको पहिचान हुन सकेन

अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको बस्यालटोलामा बेवारिसे अवस्थामा भेटिएको शवको अझैसम्म पहिचान हुन सकेको छैन ।

चिलिया थुम, सल्लिकोटस्थित बस्यालटोला नजिक जंगल खाल्डोमा परिचय नखुलेको बेवारिसे शव फेला परेको थियो ।

घाँटीमा डोरी र खुट्टामा चोट लागेको अवस्थामा भेटिएको शवको अहिलेसम्म पहिचान हुन नसकेको हो ।

स्थानीयबासीले बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ ।

वडा अध्यक्ष नारायण खड्काका अनुसार अन्दाजी ३०–३५ वर्षको शव जस्तो देखिन्छ । शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल अर्घाखाँची राखिएको छ ।

प्रकाशित समय १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु