गृहपृष्ठ ट्रयाक्टरबाट लढेर महिलाको मृत्यु

ट्रयाक्टरबाट लढेर महिलाको मृत्यु

accident-newskarobar

रुकुम पूर्वमा ट्रयाक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म १ त ७९७ नं को ट्रयाक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । ट्रयाक्टर  चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु