गृहपृष्ठ नुहाउने क्रममा शनिबार हराएका घिमिरेको शव फेला
नुहाउने क्रममा शनिबार हराएका घिमिरेको शव फेला
सांकेतिक तस्बिर
शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव सोमबार अपराह्न फेला परेको छ ।
राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका– ३ का घिमिरेको शव गडवा गाउँपालिका–७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ । रासस ।
प्रकाशित समय १८:११ बजे

















