गृहपृष्ठ दसैंमा ट्राफिक सक्रियता बढ्यो, सवारी जाँचमा कडाइ

दसैंमा ट्राफिक सक्रियता बढ्यो, सवारी जाँचमा कडाइ

traffic-police-newskarobar फाइल तस्बिर

दसैंको समयमा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई कारबाही गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी जाँचमा कडाइ गरेको छ । विगतको भन्दा २० ठाउँ धेरै स्थानमा जाँचस्थल स्थापना गरेको ट्राफिकले जाँचसमेत कडा बनाएको छ ।

चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि उपत्यकामै २० बढी स्थानमा जाँचस्थल स्थापना गरेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बसन्त थापाले जानकारी दिए । ‘चाडपर्वको समयमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना बढ्न सकछ,’ उनले भने, ‘त्यसको नियन्त्रणका लागि सवारी जाँच तथा कारबाहीका लागि मुख्य–मुख्य सडकखण्डमा ट्राफिक जाँचस्थल थपेका हौं ।’

विषेशगरी उपत्यकाबाट बाहिरिने नाकामा बढी जाँचस्थल राखिएको छ । कलंकी–नागढुंगा सडक, कोटेश्वर–भक्तपुर सडक तथा बालाजुबाट नुवाकोट जाने सडक र फर्पिङ सडकखण्डमामा बढी जाँचस्थल राखिएको छ । जाँच स्थलमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् ।

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । प्रहरीले यसअघि नै दसैंतिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत लागू गरिसकेको छ । प्रहरीले यात्रुको सुविधाको लागि टिकट काउन्टरमा सहायता कक्षसमेत स्थापना गरिएको छ । काठमाडौंबाट बाहिरिने नाकामा मात्रै नभई उपत्यकाभित्रै पनि सवारी जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु