गृहपृष्ठ निजी पोखरीमा गोही भेटियो, वन कार्यालयलार्इ हस्तान्तरण गरिने

निजी पोखरीमा गोही भेटियो, वन कार्यालयलार्इ हस्तान्तरण गरिने

तस्बिर : गुगल

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ । बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो ।

उक्त गोहीलाई सोमबार सम्बन्धित निकायको उपस्थितिमा पोखरीबाट निकालिने र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय गोपाल पाण्डेले जानकारी दिए ।

पश्चिम नवलपरासीमा पछिल्लो पटक विभिन्न नदीनाला तालतलाब क्षेत्रमा गोही फेला पर्ने क्रम बढ्दै गएको छ । रासस ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु