गृहपृष्ठ समुदाय-प्रहरी साझेदारी अभियान सुरु

समुदाय-प्रहरी साझेदारी अभियान सुरु

नेपाल प्रहरीको केन्द्रीय कार्यक्रम अन्तर्गत समुदाय–प्रहरी साझेदारी अभियान सुरु भएको छ । ७७ वटै जिल्ला, ७ वटा प्रदेशमा एकै पटक अभियान सुरु गरिएको उक्त कार्यक्रम बुटवलमा प्रदेश नम्बर ५ स्तरीय अभियानको सुरु गरिएको छ ।

आइतबार बुटवलमा एक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरिएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले अभियानको थालनी गरे ।

नेपाल प्रहरी, स्थानीय तह, सामाजिक संस्था र विद्यालयकाबीचमा साझेदारी गरेर विकृति विसंगतिकासाथै दुर्घटना न्युनीकरणको पहल गरिने छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजनामा बुटवलमा भएको अभियान थालनी कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले अभियानका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु