गृहपृष्ठ राष्ट्रपतिको कतार भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक पदमुक्त

राष्ट्रपतिको कतार भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक पदमुक्त

Pmo-Office_newskarobar

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि सोमबार कतार जाँदैछिन् ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थाका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय गरेको छ । मलेसियाका रोजगार मन्त्री आइतबार स्वदेश आएका छन् । उनीसँग सोमबार श्रम सझौता हुँदैछ ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु