गृहपृष्ठ गुल्मीमा लागु औषधसहित ५ जना नियन्त्रणमा
गुल्मीमा लागु औषधसहित ५ जना नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय गुल्मीले लागु औषधसहित पाँच जना युवालाई नियन्त्रणमा लिएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले यस्तो जानकारी दिएको हो ।
प्रहरीका अनुसार सुनसरीस्थित रामधुनी नगरपालिका–८ का विजय लिम्बू, गुल्मीस्थित रेसुंगा नगरपालिका–२ का नविन विश्वकर्मा, सोही स्थानका विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का विपिन ठकुरी र सोही नगरपालिका–३ का विशाल रायमाझिलाई नियन्त्रणमा लिएको छ ।
लागु औषध सेवन गरी होहल्ला गरेको भन्ने सुराकीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुका साथबाट ८० ग्राम हरियो गाँजा, चरेस जस्तो देखिने २० ग्राम धुलो पदार्थलगायत बरामद गरिएको जनाएको छ । बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:२६ बजे

















