गृहपृष्ठ अमेरिकी राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता

अमेरिकी राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता

shankhar-pokharel

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीबीच भेटवार्ता सम्पन्न भएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएका थिए । प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने मुख्यमन्त्रीले राजदुत बेरीलाई जानकारी गराएका थिए ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु