गृहपृष्ठ रुपन्देहीमा यसरी मनाइयो विश्व मत्स्य दिवस

रुपन्देहीमा यसरी मनाइयो विश्व मत्स्य दिवस

अमुवा तिनाउ नदिमा १० हजार माछाका भुरा छोडीयो

fishday3-newskarobar

रुपन्देहीमा विश्व मत्स्य दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नोभेम्बर २१ मा पर्ने विश्व मत्स्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सोही अनुसार रुपन्देहीमा पनि विभिन्न १५ वटा संघ संस्थाको संयुक्त आयोजानमा मत्स्य सम्बन्धी र्यालीसहित सियारी गाउँपालिका वडा नम्बर–५ अमुवा पुल (तिनाउँ नदी) मा माछाको भुरा छोडीएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक सहायक सुवोधराज भट्राइका अनुसार रुपन्देहीका २ वटा स्थानबाट किसानहरुले माछा सम्बन्धी जनचेतान मुलक प्ले–कार्ड, व्यानर सहितको र्याली आयोजना गरेका थिए ।

तिलोत्तमा नगरपालिका–१३ मा रहेको मण्डल मत्स्य ह्याचरी पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि. सियारी गाउँपालिका–५, बनघुसरीबाट सुरु भएको र्याली तिनाउ नदी (अमुवापुल) परिषरमा पुगेर माछाका भुरा नदिमा छोडीएको हो ।

नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य जोन, रुपन्देही, शुद्ध मत्स्य नश्ल संरक्षण तथा प्रबर्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५ को आयोजना रहेको थियो ।

fishday2-newskarobar

यस्तै सियारी गाउँपालिका, जलदेवी मत्स्य उत्पादक सहकारी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही, श्री

नगर एग्रो, शान्ति मत्स्य ह्याचरी फार्म, मण्डल मत्स्य ह्याचरी, देउराली जनता प्राविधिक शिक्षालय, लुम्बिनी मत्स्य ह्याचरी, जनता मा.वि. पश्चिम अमवा र कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ रुपन्देहीको संयुक्त आयोजना रहेको थियो ।

तिनाउ नदिमा माछा छाड्ने कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख अयोद्धाप्रसाद थारु लगायतका विभिन्न व्याक्तिहरुको सहभागीता रहेको थियो । खोलामा माछा लोप हुन नदिनको संयुक्त रुपमा माछा छोडीएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मत्स्य जोनका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।

 

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु