गृहपृष्ठ कर्णालीमा १६३२ क्षयरोगी, राजधानी सुर्खेतमा सबैभन्दा बढि
कर्णालीमा १६३२ क्षयरोगी, राजधानी सुर्खेतमा सबैभन्दा बढि
Credit: Getty Images
कर्णाली प्रदेशका दश जिल्लामध्ये राजधानी सुर्खेतमा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ रोग अधिकृत पदमबहादुर केसीका अनुसार प्रदेशका दश जिल्लामध्ये सबैभन्दा विकसित र सुविधायुक्त जिल्लाका साथै प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा ५ सय ८८ जना क्षयरोगी भेटिएका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांकअनुसार कर्णाली प्रदेशका दश जिल्लामा जम्मा १६ सय ३२ क्षयरोगी रहेका छन् । केसीका अनुसार सल्यान जिल्लामा २ सय ५०, दैलेखमा २ सय १८, रुकुम पश्चिममा १ सय ८५, जाजरकोटमा १ सय १४, कालीकोटमा १ सय २, जुम्लामा ७९, हुम्लामा ३२, मुगुमा ४७ जना क्षयरोगी भेटिएका छन् । डोल्पामा भने सबैभन्दा कम १७ जना क्षयरोगी भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले क्षयरोग न्युनीकरणका लागी विभिन्न नियमित कार्यक्रम गर्दै आएको छ । ‘सुर्खेतमा सबैभन्दा बढि क्षयरोगी फेला पर्नु चेतनाको बृद्धि पनि हो, केसीले भने ‘अन्य जिल्लाहरुमा समेत हामीले स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्धिका कार्यक्रमहरु गरिहेका छौं ।’
प्रकाशित समय १६:४६ बजे

















