गृहपृष्ठ आफैैंलाई आगो लगाएका वृद्धको उपचारका क्रममा मृत्यु
आफैैंलाई आगो लगाएका वृद्धको उपचारका क्रममा मृत्यु
सांकेतिक तस्बिर ।
महोत्तरीका एक वृद्धले आफ्नै ज्यानमा आगो लगाएर मृत्यु अगालेका छन् ।
रामगोपालपुर नगरपालिका– ५ का ६० वर्षीय सूर्यदेव मुखियाले शनिबार आफैंलाई आगो लगाएका थिए । घरमा कोही नभएको बेला उनले शरीरभर कपडा बेरी मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिए पनि शरीरका अधिकांश भाग जलेकाले चिकित्सकले बचाउन सकेनन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १५:५५ बजे

















