गृहपृष्ठ कर्णाली मन्त्रीपरिषद्का दुई निर्णय

कर्णाली मन्त्रीपरिषद्का दुई निर्णय

karnali_gov_newskarobar

सोमबार बसेको कर्णाली मन्त्रिपरिषद्ले दुई वटा निर्णय गरेको छ । कर्णाली सरकारकी प्रवक्ता विमला केसीले सोमबार बसेको कर्णाली मन्त्रीपरिषद्ले दुईवटा महत्वपूर्ण निर्णय गरेको न्युज कारोबारलाई बताइन् ।

प्रवक्ता केसीका बैठकले कोरिया इन्टरनेसनल को–अपरेसन एजेन्सीको सहायता सञ्चालनका लागि नेपाल सरकार, अर्थमन्त्रालयालाई अनुरोध गरी पठाउने निर्णय गरेको छ । बहुप्राविधिक शिक्षालय लगायत सडक, खानेपानी, सि“चाई, विद्युत्, पर्यटन र विभिन्न क्षेत्रका विकासमा सहयोगका लागि कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सीको सहायता गर्नेछ । प्रदेशको विकासका लागि वैदेशिक सहायता समेत आवश्यक पर्ने भएकोले यो निर्णय गरिएको कर्णाली केसीले जानकारी दिइन् ।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयवाट प्रस्तावित तत्कालीन संगठन संरचना, दरबन्दी तेरिज तथा कार्यालय रहने स्थान स्वीकृत गर्ने निर्णय पनि कर्णाली मन्त्रिपरिषद्ले गरेको छ । साथै उक्त प्रस्तावित संरचना नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णयसमेत बैठकले गरेको केसीले बताएकी छन् ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु